असोज २८, २०८३ बुधबार October 14, 2026

दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न स्थानीय प्रसासनको सर्कुलर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बनेपा (काभ्रे), २८ असोज : नेपालीहरूको महान् चाड बडादसैँका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै फूलपातीदेखि पूर्णिमासम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रोक लगाइएको जनाएको छ ।

जिल्ला सुरक्षा समितिको असोज २७ गते बसेको बैठकको निर्णयअनुसार असोज ३१ देखि कात्तिक ९ गतेसम्म जिल्लाभित्र टिपर सञ्चालन नगर्न/नगराउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँले दसैँका समयमा बिपी राजमार्ग र अरनिको राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज र सुरक्षित बनाउन उक्त निर्णय गरिएको बताउनुभयो ।

प्रशासनले तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न÷नगराउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
२०८३ असोज २८, बुधबार
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
२०८३ असोज २८, बुधबार
सहमहामन्त्रीमा विजयी भएपछि बहादुरसिंह लामाले भने-प्रतिनिधिको विश्वासलाई कर्मबाट प्रमाणित गर्छु
२०८३ असोज २८, बुधबार
अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो
२०८३ असोज २८, बुधबार
रास्वपाले केन्द्रीय कार्यालयका लागि काठमाडौंमा ३ रोपनीभन्दा बढी जग्गा खोज्दै
२०८३ असोज २८, बुधबार
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
२०८३ असोज २८, बुधबार