असोज २८, २०८३ बुधबार October 14, 2026

अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह

जर्मनीको नेतृत्वमा केही सदस्य राष्ट्रहरुद्धारा बजेटको आकार घटाउन जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसङ्घ, २८ असोज । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले अन्तर्राष्ट्रिय सहायता बजेटमा कटौती गर्ने युरोपेली संघ (ईयू) को योजनाप्रति चिन्ता व्यक्त गर्दै यस्तो निर्णयले दीर्घकालीन रूपमा आर्थिक समृद्धि, स्थिरता र सुरक्षामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ ।

ईयूका लागि यूएनएचसीआरका प्रतिनिधि जिन–निकोलस ब्युजले अन्तर्राष्ट्रिय सहायतामा खर्च घटाउने निर्णयलाई अदूरदर्शी कदमको संज्ञा दिँदै यसले विश्वव्यापी मानवीय संकट थप गम्भीर बनाउन सक्ने बताउनुभएको छ ।

सन् २०२८ देखि २०३४ सम्मका लागि प्रस्तावित ईयूको संयुक्त बजेटबारे छलफल भइरहेका बेला सहायता कटौतीको विषयले प्राथमिकता पाएको हो । जर्मनीको नेतृत्वमा केही सदस्य राष्ट्रले बजेटको आकार घटाउन जोड दिइरहेका छन् । आयरल्यान्डले यसअघि प्रस्ताव गरिएको दुई ट्रिलियन युरोको बजेटबाट करिब १४० अर्ब युरो कटौती गर्ने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार अन्तर्राष्ट्रिय सहायतासम्बन्धी बजेटमा १७ प्रतिशत कटौती गर्ने विषय अघि सारिएको छ । यद्यपि, मानवीय सहायताका लागि २५ अर्ब युरो छुट्याउने प्रस्ताव पनि गरिएको छ ।

ब्युजका अनुसार मानवीय सहायता कटौती हुँदा विपन्न परिवारले खाद्यान्न जुटाउन कठिनाइ भोग्नुपर्ने र बालबालिकाको शिक्षामा समेत असर पर्न सक्नेछ । यस्तो अवस्थाले युरोपतर्फ शरणार्थीको आगमन बढ्ने जोखिमसमेत रहेको उहाँले बताउनुभयो । उहाँले मानवीय सहायतासँगै विकाससम्बन्धी कार्यक्रमलाई पनि पर्याप्त प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । दीर्घकालीन विकासमा लगानी नगरे सहायता निर्भरता घटाउन कठिन हुने उहाँको भनाइ छ । अमेरिकाले अन्तर्राष्ट्रिय सहायतामा आफ्नो भूमिका घटाउँदै लगेको र ईयूका सदस्य राष्ट्रहरूले समेत बजेट कटौती गरिरहेका बेला यस विषयमा थप चिन्ता बढेको छ । ईयू र यसका २७ सदस्य राष्ट्र विश्वकै प्रमुख अन्तर्राष्ट्रिय सहायता प्रदायक हुन् ।

ब्युजले युक्रेन, गाजा, सुडान, अफगानिस्तान र साहेल क्षेत्रका संकटलाई पनि पर्याप्त ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँका अनुसार यी क्षेत्रका संकटले युरोपेली संघको मानवीय तथा विकास सहायता नीतिमा प्रत्यक्ष प्रभाव पार्न सक्छन् । उहाँले अन्तर्राष्ट्रिय सहायता ईयूका लागि जिम्मेवारी मात्र नभई विश्वव्यापी स्थिरता र सकारात्मक प्रभाव विस्तार गर्ने अवसरसमेत भएको उल्लेख गर्नुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् व्यापार विस्तार र प्रसारण क्षमता वृद्धि सरकारको प्राथमिकतामा
२०८३ असोज २८, बुधबार
चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन
२०८३ असोज २८, बुधबार
नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले बढ्यो
२०८३ असोज २८, बुधबार
स्वास्थ्य मन्त्रालयद्धारा सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन पत्राचार
२०८३ असोज २८, बुधबार
अन्तर्राष्ट्रिय सहायता कटौती नगर्न युरोपेली सङ्घलाई राष्ट्रसङ्घीय शरणार्थी निकायको आग्रह
२०८३ असोज २८, बुधबार
प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब रुपैयाँ मौज्दात
२०८३ असोज २८, बुधबार
उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला
२०८३ असोज २८, बुधबार