कार्तिक १, २०८३ शनिबार October 17, 2026

मधेश सरकारबाट एमाले आउट : सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेको आरोप

मधेस प्रदेश सरकारमा सहभागी एमालेका चार मन्त्रीद्वारा राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ३० असोज : मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मन्त्री भएका चार जनाले राजीनामा दिनुभएको छ ।

एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री हुनुभएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिनुभएको हो ।

चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाउनुुभएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिनुभयो । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ ।

यता एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल (अन्तवार्ता)
२०८३ कार्तिक १, शनिबार
वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
२०८३ कार्तिक १, शनिबार
बजेट कटौतीको प्रस्तावमा ईयू सदस्य राष्ट्रबीच असहमति
२०८३ कार्तिक १, शनिबार
दशैं तिहारमा उपहार, नगद र सुविधा नलिन-नदिन रास्वपाको अपिल
२०८३ कार्तिक १, शनिबार
सात जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
२०८३ कार्तिक १, शनिबार
प्रधानमन्त्री बालेन्द्र शाहको बडादसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आह्वान
२०८३ कार्तिक १, शनिबार
प्रम कार्यालयमै अढाइ लाख तलब
२०८३ कार्तिक १, शनिबार