कार्तिक २, २०८३ सोमबार October 19, 2026

सुनसरीको सामुदायिक वनमा लुकाइराखेको कटुवा पेस्तोल र गोली बरामद

पिठारीको रुखमुनि झ्यासले छोपेर राखेको पेस्तोल र गोली प्रहरीले भेट्टायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाइराखेको अवस्थामा प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ।

प्रहरीका अनुसार सामुदायिक वनभित्र पिठारीको रुखको फेदमा झ्यासले छोपेर राखिएको अवस्थामा हतियार र गोली फेला परेको हो। बरामद गोली कटुवा पेस्तोलसँगै थ्रिनटथ्री राइफलमा समेत प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ।

सामुदायिक वनभित्र हातहतियार लुकाएर राखिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र भरौल प्रहरी चौकीबाट संयुक्त प्रहरी टोली खटिएको थियो।

प्रहरीले शनिबार साँझ ५ बजे पेस्तोल र गोली बरामद गरेको हो। उक्त हतियार र गोली कसले तथा कुन उद्देश्यले लुकाएर राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार
शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरमा पूजाआराधना
२०८३ कार्तिक २, सोमबार
कञ्चनपुरमा दिसाबाट चार पुडिया खैरो हेरोइन बरामद, एक जना नियन्त्रणमा
२०८३ कार्तिक २, सोमबार
आफ्ना माग पूरा नभए सत्याग्रह शुरु गर्ने डा. गोविन्द केसीको चेतावनी
२०८३ कार्तिक २, सोमबार
बहत्तर हजार ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ
२०८३ कार्तिक २, सोमबार