कार्तिक २, २०८३ सोमबार October 19, 2026

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

मेलामा राँगा र बोकाको बलि दिएर पूजाआजा गर्ने परम्परा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

डडेल्धुरा। महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मेला लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा उत्तरतर्फ रहेको मन्दिरमा अष्टमी मेला भर्न दर्शनार्थीको घुइँचो लागेको छ ।

उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलासँगै राँगा र बोकाको बलि दिई पूजाआजा गरिन्छ । दसैँको दिन पनि भव्य पूजाआजा गरिन्छ । मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेको उहाँको भनाइ छ ।

यो मन्दिरलाई नेपालको सूदूरपश्चिमका नौ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्षपहिले हालको अमरगढी नगरपालिका–८ लटाउली गाउँ बस्ने साँकी जातिका स्थानीयले बारीमा हलो जोत्दै गर्दा हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन मिलेको थियो ।

त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ । तिनै लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि पुजारी रहनुभएको छ । उग्रतारा मन्दिर विशाल फाँटमा छ । डाँडामाथि मन्दिर अवस्थित रहेकाले मन्दिरसम्म पुग्न ओरालो झर्नु पर्दैन । यसकारण पनि मन्दिरको गरिमा बढेको अध्यक्ष साँकीको भनाइ छ ।

उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाको दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ । कार्तिक शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खा, गर्खाबाट लडाकुहरुले आ–आफ्नो विरतासाथ लडाइँ हुँदा रगतको खोला बग्ने जसलाई यहाँ न्वाखोलाका रुपमा नामाकरण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
२०८३ कार्तिक २, सोमबार
हेगमा पीटीएमको आरोपः पाकिस्तानी सेनाले आतंकवादी समूहहरू खडा गर्‍यो
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार
शाकाहारीहरूले दसैँ कसरी मनाउने ? बिस्तृतमा जान्नुहाेस्
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरमा पूजाआराधना
२०८३ कार्तिक २, सोमबार
कञ्चनपुरमा दिसाबाट चार पुडिया खैरो हेरोइन बरामद, एक जना नियन्त्रणमा
२०८३ कार्तिक २, सोमबार