कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति

कोरला नाका जाने आउने कन्टेनर, नाकाबाट भित्र्ने सवारीसाधनदेखि मुस्ताङ जाने आउने पर्यटक र स्थानीयवासीको चाप धेरै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट चीन र भारतलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकमा करिब रु एक अर्ब बराबरको भौतिक संरचनाहरुको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि पहिरो, कालीगण्डकी नदीमा आएको बाढी र कटानका कारण क्षतविक्षत भएको उक्त सडक पुनर्निर्माणका लागि रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाएको, भत्काएको तथा ५० ठाउँमा पहिरोले क्षति पुु¥याएको बताउनुभयो ।

“रु ८० देखि ९० करोड क्षति भएको अनुमान गरिएको सडकलाई प्रारम्भिक मर्मत गरेर दुई हप्तामै सञ्चालनमा ल्याए पनि पुुरानै अवस्थामा ल्याउन थप रु तीनदेखि चार अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिरो र नदी नियन्त्रणसँगै यसअघि डिबिएसडी कालोपत्र भएको सडकको म्याग्दी खण्डमा अक्सफाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने भएको छ ।”

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हँुदै मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये सबैभन्दा बढी म्याग्दी खण्डको ३३ किलोमिटर दूरीमा क्षति पुगेको छ । यसअघिका पहिरो र कटानको जोखिम भनिएका ठाउँका अलावा नयाँ ठाउँमा पनि कटान र पहिरो सिर्जना भएको छ ।

सङ्घीय सडक सुपरिक्षवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले विसं २०७३÷०७४ मा सुरु भएको बेनी–जोमसोम–कोरला सडकमा हालसम्मकै धेरै क्षति भएको बताउनुभयो । योजनाका संस्थापक प्रमुखसमेत रहेका सुवेदीले म्याग्दी खण्डमा हालै स्तरोन्नति भएको सडकमा धेरै क्षति पुगेको बताउनुभयो ।

यसअघि एक घण्टा तीन मिनेट लाग्ने म्याग्दी खण्ड पार गर्न बाढी पहिरोपछि तीनदेखि चार घण्टा लाग्न थालेको छ । पर्वतको फर्से, केराबारी, लामाबगर, म्याग्दीको तिल्केनीचौर, राहुपारे, बैसरी, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ, रातोपानी, नौनीबगर, तातोपानी, गुुइठेभिर, खामभित्ता, सुकेबगर क्षेत्रमा पहिरो र कटानले ठूलो क्षति गरेको छ ।

कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलको अस्थायी मार्ग बनाएर यातायात सञ्चालन गरिएको छ । पहिरो र कटान भएको ठाउँमा एकतर्फी गाडी चलाउन मिल्ने गरी मार्ग खोलिएको हुँदा सवारीसाधन फस्ने, जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कोरला नाका जाने आउने कन्टेनर, नाकाबाट भित्र्ने सवारीसाधनदेखि मुस्ताङ जाने आउने पर्यटक र स्थानीयवासीको चाप धेरै हुने गरेको छ ।

कोरला नाका, पर्यटकीय र आन्तरिक यातायातका हिसाबले बेनी–जोमसोम–कोरला सडकलाई महत्वपूर्ण मानिएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्नुभएका नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले भौतिक संरचनाको पुनर्निर्माणमा सरकारले बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा थपियो २५ शय्याको ICU
२०८३ कार्तिक ३, मंगलबार
अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
२०८३ कार्तिक ३, मंगलबार
घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
२०८३ कार्तिक ३, मंगलबार
जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३ कार्तिक ३, मंगलबार
बेनी-जोमसोम-कोरला सडकमा करिब एक अर्बको क्षति
२०८३ कार्तिक ३, मंगलबार
निर्वाचन कार्यालयद्वारा तीन हजार बढी मतदाताको नाम सूचीबाट हटाइयो
२०८३ कार्तिक ३, मंगलबार
कोरल सागरमा शक्तिशाली भूकम्प, २३ किलोमिटर गहिराइमा केन्द्रबिन्दु
२०८३ कार्तिक ३, मंगलबार