कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

आज बिहिबार : कस्तो रहनेछ त तपाईंको दिन ? हेर्नुहोस् राशिफल

धनुलाई आज सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पछिसम्म फाइदा हुने व्यवसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीसँग थप आत्मीय भाव बढ्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुनेछ । कर्म क्षेत्रको यात्रा हुने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेको छ । छोटो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । व्यापारमा मन्दी आउनुको साथै आर्थिक सूचकमा कमी आउनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ भने प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईँकै पक्षमा नतिजा आउँदा मन खुसी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । खानपान,यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउँदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कुनै काम सुरु गर्नुभन्दा पनि पुरानै कामहरूलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरू प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकीय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरू हाबी हुनेछन् । छातीमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । तर पनि यात्रा, भेटघाट तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जाँगर आउनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै जान सकिने हुनाले मन प्रसन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन तथा सम्पत्ति कमाउन सक्नेछन् । पढाइ लेखाइमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाइने हुँदा मन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना कामबाट लाभ लिने समय रहेको छ भने नयाँ काम सुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरुवर्गहरुलाई खुसी राख्न सक्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा सावधानी अपनाउनुहोला खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । घर भित्रकै मानिसहरूबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । तर पनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार