कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ६ कात्तिक : नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा बिहीबार गएको ७.० म्याग्निच्युडको विनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । उक्त भूकम्पमा परी १६ जनाको मृत्यु, दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सम्पत्ति र पूर्वाधारमा व्यापक क्षति पुगेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त विपत्तिमा आफ्ना प्रियजन गुमाएका शोकसन्तप्त परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै चीन सरकार तथा जनताप्रति समवेदना प्रकट गरेको छ । साथै मन्त्रालयले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति व्यक्त गरेको छ ।

“नेपाल यस कठिन समयमा चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछ र प्रभावित परिवार तथा समुदायका लागि शीघ्र प्रतिकार्य, प्रारम्भिक पुनःस्थापना तथा पुनर्वासको कामना गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
२०८३ कार्तिक ६, शुक्रबार
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
२०८३ कार्तिक ६, शुक्रबार