कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल

बाढीपहिरोका पीडितलाई मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, ६ कात्तिक : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताउनुभएको छ । आज पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताउनुभयो । मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताउनुभयो ।

उहाँले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक छ पालिकाको विपद् व्यवस्थापन कोषमा रु ४० लाखको दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

उहाँले बाढीग्रस्तक्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरिक्षण गर्नुभएको थियो ।

मन्त्री लम्सालसंगै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोम शर्मा, पूर्वाधार मन्त्रालयका सचिव पदम मैनाली, सडक विभागका महानिर्देशक डा विजय जैसी, बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य तथा सडक बोर्डका सदस्य अर्जुन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो ।

सरकारले पुनर्निर्माण र रहातका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकट ग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
२०८३ कार्तिक ६, शुक्रबार
पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
२०८३ कार्तिक ६, शुक्रबार