काठमाण्डौंः स्याङजामा कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको पुतलीबजार नगरपालिका–६ पुरीस्वारा बस्ने २९ वर्षीय सूर्यबहादुर गुरुङको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिरबहादुर गुरुङलाइ पक्राउ गरिएको हो ।
सोमबार राति पुतलीबजार नगरपालिका–६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा झगडा हुँदा सूर्यबहादुर गम्भीर घाइते भएकोमा जिल्ला अस्पताल हुँदै थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया