कार्तिक ८, २०८३ आइतबार October 25, 2026

एसिया कपमा छनोट भएका क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने क्यानको घोषणा

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सरकारले घोषणा गरेका पुरस्कार समयमै उपलब्ध गराउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रोपटक एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गरिने जानकारी दिए ।

अध्यक्ष चन्दले सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बाबजुद नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए । खेलाडीलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउन प्रतियोगिता तथा प्रायोजनमार्फत विभिन्न प्रयास भइरहेको उनको भनाइ छ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सरकारले घोषणा गरेका पुरस्कार समयमै उपलब्ध गराउन आग्रह गरे । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता थप चार वर्ष कायम राख्नु र दोस्रोपटक एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटको महत्त्वपूर्ण सफलता भएको चन्दले बताए ।

उनले एकदिवसीय विश्वकपमा सहभागी हुने लक्ष्यसहित नेपाली टोली अघि बढिरहेको उल्लेख गरे । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणबारे चर्चा गर्दै चन्दले प्रतियोगिता क्रमश: व्यवस्थित, व्यावसायिक र आकर्षक बन्दै गएको बताए।

उनका अनुसार अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता, डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लगायत आधुनिक प्रविधिको प्रयोग तथा आर्थिक गतिविधिको विस्तारले एनपीएललाई नेपाली क्रिकेटको महत्त्वपूर्ण ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुर्‍याएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार