कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ कात्तिक : काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता छ । मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ । लिच्छवीकालीन उक्त मन्दिर ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदाका रुपमा स्थापित छ ।

शिव र पार्वतीको संयुक्त आकार प्रतिविम्बित मूर्ति राखिएको त्यस मन्दिरमा हिन्दू र बौद्ध धर्मका अनुयायीले साझा मन्दिरका रुपमा आस्था प्रकट गर्दै आएका छन् । त्यस मन्दिरलाई अर्धनारेश्वर र आदिनाथ दुवै भन्ने प्रचलन छ । त्यस मेलामा सहभागी भएमा छालासम्बन्धी रोग नलाग्ने किंवदन्ती छ भने मन्दिरको दर्शन गरेमा भय, रोग र बिघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ ।

मन्दिरमा बौद्ध धर्मावलम्बीले करुणाका प्रतीकका रुपमा लोकेश्वरको पूजाआजा गर्ने प्रचलन छ । लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने र धनसम्पत्ति प्राप्त हुने विश्वासका साथ मन्दिरमा पूजाअर्चना गरिन्छ । हिन्दू धर्मावलम्बीले शिव शक्तिका रुपमा आदिनाथलाई पूजन गर्ने चलन छ ।

काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने उक्त मन्दिरबाट नजिकै मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदहजस्ता धार्मिक महत्व बोकेका तीर्थस्थल छन् । काठमाडौँ उपत्यका दहका रुपमा रहेकामा मञ्जुश्रीले खड्ग प्रहार गरी पानीलाई निकास दिएको चोभार गल्छी पनि यसै स्थानमा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार