कार्तिक ९, २०८३ सोमबार October 26, 2026

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता

चीन भ्रमण फलदायी रहेको पूर्वराष्ट्रपति भण्डारीको प्रतिक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्किएकी छन्। चीनको हेबेई प्रान्तस्थित स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम २०२६’ मा सहभागी भएर उनी स्वदेश फर्किएकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफ्नो चीन भ्रमण फलदायी रहेको बताइन्। उनले यसलाई औपचारिक भ्रमणभन्दा पनि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका रूपमा लिनुपर्ने उल्लेख गरिन्।

‘भ्रमण निकै फलदायी रह्यो। यो औपचारिक भ्रमणभन्दा पनि ग्लोबल गभर्नेन्स फोरमको सम्मेलन भएकाले म त्यसैमा भाग लिन गएकी हुँ। मैले त्यहाँ राख्नुपर्ने आफ्ना धारणाहरू राखिसकेकी छु,’ उनले भनिन्।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मूल विषय रहेको सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्। सम्मेलनमा विभिन्न देशका राजनीतिक नेता, कूटनीतिज्ञ, व्यवसायी, सञ्चारकर्मी तथा अन्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।

सम्मेलनमा बदलिँदो विश्व व्यवस्था, अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार तथा बहुपक्षीयताको प्रवर्द्धनलगायत विषयमा छलफल भएको थियो। संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति, विकासशील मुलुकहरूको भूमिका र अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’ को सहभागिताका विषय पनि छलफलमा समेटिएका थिए।

त्यसैगरी जलवायु परिवर्तन, हरित अर्थतन्त्र, न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित प्रयोग तथा साइबर स्पेसका चुनौतीबारे पनि सम्मेलनमा विचारविमर्श भएको थियो।

एमालेको वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा सम्मेलनमा सहभागितासँगै चीनको आधुनिक सहरका रूपमा विकास भइरहेको स्योङआन क्षेत्रको अवलोकनसमेत गरिएको थियो।

स्वदेश फर्किएपछि भण्डारीले सम्मेलनमा आफूले राख्नुपर्ने धारणा प्रस्तुत गरिसकेको बताउँदै आफ्नो सम्बोधनको लिखित वक्तव्यबाट त्यसबारे थप जानकारी लिन सकिने संकेत गरेकी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार