कार्तिक ११, २०८३ बुधबार October 28, 2026

तरुण दलको ७४औँ स्थापना दिवस : सङ्कटा मन्दिर परिसरमा सरसफाइ

तरुण दललाई प्रविधिसँग जोड्दै  गतिशील बनाउन चाँडै नै नयाँ कार्यक्रम अगाडि ल्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १० कात्तिकः  नेपाल तरुण दलको ७४ औँ स्थापना दिवसका अवसरमा न्यूरोडस्थित सङ्कटा मन्दिर परिसरमा सरसफाइ र गरिब तथा असहायलाई ब्ल्याङ्केट वितरण गरिएको छ ।

कार्यक्रममा दलका अध्यक्ष मनिष कोइरालाले दलको स्थापना दिवसको अवसरमा आज देशभर रक्तदान, बिरामीलाई फलफूल वितरण, खेलकुद प्रतियोगिता, सरसफाइ गरिब तथा विपन्नलाई सहयोगलगायतका विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले तरुण दललाई प्रविधिसँग जोड्दै  गतिशील बनाउन चाँडै नै नयाँ कार्यक्रम अगाडि ल्याउने बताउनुभयो ।

विसं २०१० कात्तिक १० मा स्थापना भएको तरुण दलले नेपाली कांग्रेसको विचार र आदर्शलाई आत्मासाथ गर्दै जनताको लोकतान्त्रिक हक, अधिकार र आर्थिक विकासलाई प्राथमिकता दिँदै आएको तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार