कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता

संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गरेकी छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने तथा संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य र सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

बैठकमा मन्त्री चौधरीले ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ स्वीकृत भइसकेको जानकारी दिँदै यही कात्तिक १२ गते काठमाडौँमा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा उक्त एजेन्डा सार्वजनिक गरिने बताइन्।

कोप–३१ मा नेपालको जलवायुजन्य विपद्का अनुभव, प्रभाव तथा चुनौतीलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्न विशेष प्याभिलियन स्थापना गर्ने तयारीबारे छलफल भएको थियो। उक्त प्याभिलियन सञ्चालनका लागि आवश्यक खर्च व्यवस्थापनमा संयुक्त राष्ट्रसंघीय निकायबाट सहयोग अपेक्षा गरिएको मन्त्री चौधरीले उल्लेख गरिन्।

भोटेकोशी बाढीलगायत जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रियस्तरमा प्राथमिकताका साथ उठाउन सरकारी निकायहरूको प्रतिनिधित्व र सहयोग आवश्यक रहेकामा मन्त्री चौधरीले जोड दिइन्।

कोप–३१ मा युवा पुस्ता, विशेष गरी जेनजी युवा तथा सञ्चारकर्मीहरूको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक सहयोगका विषयमा पनि संयुक्त राष्ट्रसंघीय निकायहरूसँग छलफल भएको थियो।

बैठकमा जलवायु परिवर्तनका असर न्यूनीकरण, नेपालको जलवायुजन्य विपद्का अनुभव र चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा सरकार, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय र नागरिक समाजबीच सहकार्य सुदृढ गर्ने विषयमा जोड दिइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछानेको चीन भ्रमण स्थगितपछि महामन्त्री आचार्यको नेतृत्वमा टोली जाने तयारी
२०८३ कार्तिक १०, मंगलबार
Bhotekoshi flood caused loss of Rs 79.17B in private households, business
२०८३ कार्तिक १०, मंगलबार
मोजतबा खानेईसँग दुई पटक भेटेको इरानी राष्ट्रपतिको भनाइ, सभामुखले पनि स्वास्थ्यबारे दिए जानकारी
२०८३ कार्तिक १०, मंगलबार
नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा ५० महिला पत्रकारको निःशुल्क स्तन क्यान्सर परीक्षण
२०८३ कार्तिक १०, मंगलबार
एमाले अध्यक्ष ओलीद्वारा मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण
२०८३ कार्तिक १०, मंगलबार
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित
२०८३ कार्तिक १०, मंगलबार