असार २३, २०८२ सोमबार July 7, 2025

बिदापछिको पहिलो कारोबार उत्साहजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दशैं बिदापछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । फूलपातीअघि बजार बन्द हुँदा १६०० को बिन्दु माथि उक्लेको नेप्से परिसूचकले उकालो मार्गलाई निरन्तरता दिँदा विकास बैङ्क, जीवन बीमा, बैङ्किङ समूहको सेयर उल्लेख्य रूपमा किनबेच हुँदा कारोबार अङ्क पनि करिब पौने तीन अर्ब रुपियाँको भएको छ ।

दशैँपछि बजार खुलेको पहिलो दिन नै नेप्से परिसूचक ४१.२० अङ्कले बढेर १६४७.४५ को बिन्दुमा पुगेको छ । त्यस्तै क वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ९.२१ अङ्कले बढेर ३२७.७६ को बिन्दुमा पुगेको छ । समग्रमा २.५७ र सेन्सेटिभ इन्डेक्स २.८९ प्रतिशतले उकालो लागेको हो ।

सेयर बजारमा अनलाइन कारोबार गर्न सकिने भएपछि जहाँसुकै बसेर पनि सेयर कारोबार हुन सकेकाले नै विगतमा जस्तो लामो बिदाको अघिल्ला दिन वा पहिलो दिन भनिरहनु नपर्ने अवस्था सिर्जना भएको लगानीकर्ताको भनाइ छ । त्यस्तै अबका दिनमा बैङ्कहरूले लाभांश घोषणा गर्ने समय भएकाले पनि बैङ्क वित्तीय क्षेत्रको सेयर कारोबारमा उछाल आएको सेयर विश्लेषकले बताएका छन् । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार