कार्तिक ११, २०८३ बुधबार October 28, 2026

एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)

आगामी मङ्सिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ को लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रेशन फारम भर्ने र भराउने सम्बन्धी सूचना प्रकाशित गरेको छ ।

शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीहरूले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ । प्रतिविद्यार्थी ३ सय रुपैयाँ राजस्व शुल्क तोकिएको छ ।

त्यस्तै, बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षाका लागि परीक्षा आवेदन फारम भर्ने तथा भराउने सम्बन्धी छुट्टै सूचना पनि जारी गरेको छ ।

यसअनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले २०८३ कात्तिक ०१ गतेदेखि मङ्सिर ०८ गतेभित्र तोकिएको परीक्षा दस्तुर (५०० रुपैयाँ) बुझाई आवेदन फारम भर्न सक्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
Minister Shrestha stresses on data exchange, regional cooperation
२०८३ कार्तिक ११, बुधबार
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार