कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम दिने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर (झापा), १२ कात्तिकः विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ । विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा तालिम दिन लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलले पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले विद्यालय तहबाटै लागुऔषध दुव्र्यसन न्यूनीकरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण शिक्षकले समयमै पहिचान गर्नसके आवश्यक परामर्श र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालयले लागुऔषध दुर्व्यसन नियन्त्रण प्रशासन वा सुरक्षा निकायको प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै शिक्षक, स्थानीय तह, नगर प्रहरी, समुदाय तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको जनाएको छ ।

अभियानलाई क्रमशः विस्तार गर्दै पुनःस्थापना केन्द्र (रिहाब सेन्टर)लगायतका संस्थालाई तालिम तथा अभिमुखीकरण प्रदान गरिनेछ ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुव्र्यसन न्यूनीकरणलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षक, विद्यार्थी र समुदायका सबैपक्षको सक्रिय सहभागिताबाट मात्रै यसको रोकथाम प्रभावकारी हुने बताउनुभयो ।

प्रहरी र स्थानीय तहको सहकार्यमा विद्यालयमा लागुऔषध विरुद्धका पोस्टर टाँस्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम निरन्तर भइरहेको जानकारी दिँदै उहाँले युवालाई लक्षित सचेतना कार्यक्रमलाई अघि बढाइने बताउनुभयो ।

छलफलमा शिक्षा विकास तथा समन्वय इकाइ, निजी तथा आवासीय विद्यालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ कार्तिक १३, शुक्रबार
डा. गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय
२०८३ कार्तिक १३, शुक्रबार
पत्रकार पक्राउ गर्ने कार्य सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : प्रदीप पौडेल
२०८३ कार्तिक १३, शुक्रबार
मिडिया हाउसमा प्रहरी हस्तक्षेपप्रति एमाले नेता ज्ञवालीको आपत्ति
२०८३ कार्तिक १३, शुक्रबार
समाचार कक्षमै प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको आपत्ति
२०८३ कार्तिक १३, शुक्रबार
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छः प्रधानसेनापति सिग्देल
२०८३ कार्तिक १३, शुक्रबार
फतुवा विजयपुरका निलम्बित मेयर यादव कांग्रेस छाडेर जसपा प्रवेश
२०८३ कार्तिक १३, शुक्रबार