कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

चिकित्सा शिक्षा सुधार र इलाममा मेडिकल कलेज स्थापनाको मागसहित डा. केसीले थाले अनसन

गेटामा एमबीबीएस र नर्सिङ सञ्चालनको निर्णय खारेज गर्न डा. केसीको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले सत्याग्रह सुरु गरेका छन्।

इलाम, ताप्लेजुङ र पाँचथरका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन इलाममा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने मागसहित उनले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन्।

डा. केसीले इलामस्थित नारायणस्थानमा सत्याग्रह सुरु गरेका हुन्। पूर्वी पहाडी जिल्लाका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले इलाममा मेडिकल कलेज सञ्चालन हुनुपर्ने उनको माग छ।

उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि सरकारले यसअघि गरेका सहमति कार्यान्वयन नगरेको आरोपसमेत लगाएका छन्। सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरी आफूलाई पटक–पटक झुक्याउँदै आएको उनको भनाइ छ।

डा. केसीले न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।

त्यस्तै, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी उनीहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका छन्। छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले तिहारपछि केन्द्रीय सदस्यसँग कार्ययोजना माग्ने, चार महिनामा प्रगति समीक्षा गर्ने
२०८३ कार्तिक १२, बिहिबार
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
२०८३ कार्तिक १२, बिहिबार
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ कार्तिक १२, बिहिबार
सरकारी कामकाजको भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेश गर्ने तयारी
२०८३ कार्तिक १२, बिहिबार
प्रधानसेनापति सिग्देल र अमेरिकी कार्यवाहक राजदूत बोल्डेनबीच भेटवार्ता
२०८३ कार्तिक १२, बिहिबार
इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट
२०८३ कार्तिक १२, बिहिबार
विश्वविद्यालयको सङ्ख्या होइन, गुणस्तरीय शिक्षा महत्त्वपूर्ण : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक १२, बिहिबार