कार्तिक १४, २०८३ शनिबार October 31, 2026

समुन्नत प्रदेश निर्माणका लागि लगानी गर्न मुख्यमन्त्री भट्टको आह्वान

प्रदेशको समग्र विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सहयोग, सहकार्य र लगानी आवश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समुन्नत प्रदेश निर्माणका लागि विदेशमा रहेका नेपाली नागरिकलाई लगानी गर्न आह्वान गर्नुभएको छ ।

धनगढीमा सुदूरपश्चिम नेपाली समाजको चौथो अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जन्मभूमिमा लगानी गरि प्रदेशको समग्र विकासमा योगदान पुर्‍याउन आग्रह गर्नुभयो ।

सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण, वीरताको गाथा, मौलिक संस्कृतिले धनी प्रदेश भएको उल्लेख गर्दै उहाँले प्रदेशको समग्र विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सहयोग, सहकार्य र लगानी आवश्यक रहेको औँल्याउनुभयो।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिमको विकासका लागि लगानीमैत्री वातावरण निर्माण गर्न र लगानीकर्तालाई आवश्यक सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया