कार्तिक १५, २०८३ आइतबार November 1, 2026

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १५ कात्तिकः अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको र माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
२०८३ कार्तिक १५, आइतबार
आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १५, आइतबार
प्रेसमाथि आक्रमण : सत्ताको दम्भ – तीर्थराज भट्टराई
२०८३ कार्तिक १५, आइतबार
अनसन बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
२०८३ कार्तिक १५, आइतबार
सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने, पार्टीको आगामी कार्यदिशा सार्वजनिक गर्ने तयारी
२०८३ कार्तिक १५, आइतबार
एनपिएलमा आज जनकपुर-पोखरा भिड्दै, खेल साँझ ५ बजे सुरु हुने
२०८३ कार्तिक १५, आइतबार
अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित
२०८३ कार्तिक १५, आइतबार