कार्तिक १६, २०८३ सोमबार November 2, 2026

पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्य बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, १६ कात्तिकः गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ ।

पाउद्वारका बासिन्दाले श्रमदान गरेर पाउद्वार–खोप्रा–खयर पदमार्गको पाउद्वार–हिलडाँडा– लरेनी खण्डको मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनले पदमार्ग मर्मत गरी सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“श्रमदान गरेर पहिरो पन्छाउने र नयाँ मार्ग बनाएर पदमार्ग सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोले क्षति पु¥याएको पदमार्ग, विद्युत् र खानेपानी योजना मर्मतका लागि एक महिनादेखि श्रमदान अभियानमा छौँ ।”

पाउद्वारका बासिन्दा प्रभा तिलिजा पुनले दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको बताउनुभयो । पाउद्वार–खोप्रा पदमार्ग सञ्चालन भएपछि पर्यटकका साथै स्थानीयवासीलाई घाँसदाउरा र गोठ जान आउन सहज भएको बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको तीन हजार ५६० मिटर उचाइमा अवस्थित खोप्रा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । बस्तीदेखि टाढा र एकान्त वातावरणमा रहेको खोप्रा सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकनका लागि उपयुक्त छ ।

अर्नब चक्रवातका कारण पछिल्लो एक÷दुई दिनयता पर्यटक आगमन प्रभावित भए पनि खोप्रामा पर्यटक आगमन पुरानै लयमा फर्किएका खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनले बताउनुभयो । खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गरेको छ ।

घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क, नारच्याङ लेकगाउँ हुँदै खोप्रा लेक पुग्ने पर्यटकहरु समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरतालको भ्रमण गरी लरेनी पाउद्वार हँुदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा जाने गर्दछन् ।

पहिरोले सडक अवरुद्ध बनाएको र गाउँ वरपर घेरिए पनि खोप्रालगायत पर्यटकीय स्थलहरु सुरक्षित भएकाले सहज रुपमा भ्रमण गर्न सकिने हिलडाँडाका होटल व्यवसायी जसे पुनले बताउनुभयो । असोज–कात्तिक र चैत–वैशाख खोप्रा–खयर पदमार्गको मुख्य याम हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ कार्तिक १६, सोमबार
भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार
स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम
२०८३ कार्तिक १६, सोमबार
नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो
२०८३ कार्तिक १६, सोमबार
अमेरिकी मध्यावधि चुनाव : ट्रम्पप्रतिको असन्तुष्टि र महँगी चुनावी मुद्दा बन्दा डेमोक्रेटलाई फाइदा
२०८३ कार्तिक १६, सोमबार
गाँजा तस्करीमा संलग्न पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायरपछि नियन्त्रणमा
२०८३ कार्तिक १६, सोमबार
पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
२०८३ कार्तिक १६, सोमबार