कार्तिक १६, २०८३ सोमबार November 2, 2026

गाँजा तस्करीमा संलग्न पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायरपछि नियन्त्रणमा

दुई जिपमा लोड गरिएको २१० किलो गाँजा बरामद, पाँच जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा बोकेर भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सोमबार बिहान करिब ३ बजे दुईवटा जिपमा गाँजा लोड भइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका जिपमा खानतलासी गर्दा आठवटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको थियो।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरी पाँचै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल र भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।

त्यस्तै, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खेल पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार रामसागर बा.१ च ५०३८ नम्बरको जिपका चालक हुन् भने राजकुमार को.१ च ८१८२ नम्बरको जिप चलाइरहेका थिए।

बरामद गाँजा र पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ कार्तिक १६, सोमबार
भेनेजुएलामा विद्रोही शिविरमा आक्रमण, १९ जनाको मृत्यु
२०८३ कार्तिक १६, सोमबार
स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम
२०८३ कार्तिक १६, सोमबार
नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो
२०८३ कार्तिक १६, सोमबार
अमेरिकी मध्यावधि चुनाव : ट्रम्पप्रतिको असन्तुष्टि र महँगी चुनावी मुद्दा बन्दा डेमोक्रेटलाई फाइदा
२०८३ कार्तिक १६, सोमबार
गाँजा तस्करीमा संलग्न पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायरपछि नियन्त्रणमा
२०८३ कार्तिक १६, सोमबार
पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
२०८३ कार्तिक १६, सोमबार