कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ

सुकुमबासी समस्या समाधानमा वत्र्तमान सरकार गम्भीर नबनेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन्।

मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना गरेको जनसभामा अध्यक्ष राईले पार्टीका श्रमदाताले मुलुकको विभिन्न स्थानमा गरिबका लागि श्रम बगाएर आफ्नो राजनीतिक लक्ष्य कामले प्रमाणित गरिरहेको दाबी गरे।

अध्यक्ष राईले सुकुमबासी समस्या समाधानमा वत्र्तमान सरकार गम्भीर नबनेको आरोप लगाउँदै भने, “सरकारमा नभएका कारणले हामीले आवाज मात्र उठाउन सकेका छौँ । सत्तामा पुगेका दिन हामी सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था मिलाउँछौँ।”

झापाका बासिन्दाले जङ्गली हात्तीको समस्या झेल्नु परिरहेको उल्लेख गर्दै अध्यक्ष राईले हरेक नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरे।

यसैबिच श्रम संस्कृति पार्टीले आज अर्जुनधारामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष राईले श्रम गरेर नै देशलाई सुखी र समृद्ध बनाउन सकिने धारणा व्यक्त गरेका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार