कार्तिक १८, २०८३ बुधबार November 4, 2026

भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

परराष्ट्र सचिव राइले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्नुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ कात्तिक: भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने नेपालको औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नु भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउनुभएको हो । भ्रमणका क्रममा परराष्ट्र सचिव राइले विदेश सचिव मिश्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा र आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् । यसले दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने छ ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी भोलि कात्तिक १९ गते नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
२०८३ कार्तिक १८, बुधबार
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
२०८३ कार्तिक १८, बुधबार
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासन आवश्यक : राष्ट्रपति पौडेल
२०८३ कार्तिक १८, बुधबार
अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता – दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो
२०८३ कार्तिक १८, बुधबार
राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना
२०८३ कार्तिक १८, बुधबार
सुनको मूल्य फेरी बढ्यो, चाँदीको घट्यो
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
२०८३ कार्तिक १८, बुधबार