कार्तिक १८, २०८३ बुधबार November 4, 2026

भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बुधबारसिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मिस्री र खनालबीच भेटवार्ता भएको हो। शिष्टाचार भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल-भारतबीचको घनिष्ठ सम्बन्धले थप उचाइ लिने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा मन्त्री खनाल र सचिव मिस्रीबीच छलफल भएको जनाएको छ। 

साथै, परराष्ट्रमन्त्री खनाल र विदेश सचिव मिस्रीले दुई मुलुकबीचको ऊर्जा, उड्डयन, व्यापार, खेलकुद, शिक्षालगायतका विविध विषयमा पनि छलफल गरेका छन्। दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विविध पक्षमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपालको दुई दिने भ्रमणका क्रममा उनी आजै काठमाडौं आइपुगेका थिए। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा काठमाडौँ आएका मिश्रीले समकक्षी राईसँग बुधबारै द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ।

मंसिर पहिलो साता हुने प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका क्रममा मिस्री नेपाल भ्रमणमा आएका हुन्। उनी बिहीबार दिल्ली फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
२०८३ कार्तिक १८, बुधबार
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
२०८३ कार्तिक १८, बुधबार
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
२०८३ कार्तिक १८, बुधबार
प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न गृहमन्त्री गुरुङको निर्देशन
२०८३ कार्तिक १८, बुधबार
डिजिटल पार्लियामेन्ट परियोजनाको अवधारणा पत्र सभामुखसमक्ष पेस
२०८३ कार्तिक १८, बुधबार
नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह
२०८३ कार्तिक १८, बुधबार
स्वास्थ्यमन्त्री मेहतासँग जापानी राजदूत तोरुको शिष्टाचार भेट
२०८३ कार्तिक १८, बुधबार