कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

प्रेस काउन्सिल अध्यादेश रोक्न राष्ट्रपति पौडेललाई पत्रकार महासङ्घको आग्रह

‘अध्यादेशले प्रेस स्वतन्त्रता प्रभावित पार्छ’ भन्दै राष्ट्रपति भेट्न पुगे पत्रकार महासङ्घको टोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न माग गर्दै नेपाल पत्रकार महासङ्घको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेको छ ।

शुक्रबार महासङ्घका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा पदाधिकारी, सल्लाहकार र केन्द्रीय सदस्यसहितको टोली राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेको छ । सो क्रममा आफूहरूले अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावबारे ध्यानाकर्षण राष्ट्रपतिलाई गराएको केन्द्रीय सदस्य अर्जन पन्तले जानकारी दिए ।

अध्यादेश रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो पत्रकार महासङ्घ, राष्ट्रपतिले के भने ?भेटका क्रममा महासङ्घले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउनु लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने धारणा राखेको थियो ।

त्यस्तै, समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेको घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही नगर्दै सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाएको महासङ्घको भनाइ थियो । महासङ्घले संवैधानिक मर्मअनुसार आफ्नो विवेक प्रयोग गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।

जवाफमा राष्ट्रपति पौडेलले अध्यादेशका विषयमा आफूले कानुन व्यवसायीसँग परामर्श गर्ने बताएको पन्तले बताए । राष्ट्रपतिले लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यस विषयमा आफू सचेत रहेको बताएका थिए ।

भेटपछि महासङ्घले जारी गरेको विज्ञप्तिमा संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरणसहित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग प्रत्यक्ष सरोकार राख्ने कानुन निर्माण गर्दा नियमित विधायकी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ ।

यसअघि कात्तिक १९ गते ललितपुरमा आयोजित महासङ्घको भेलाले पनि अध्यादेशका प्रावधान संविधानको मर्म विपरीत रहेको भन्दै राष्ट्रपतिलाई आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेको थियो । भेलाले उक्त अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको थियो । मन्त्रिपरिषद्को कात्तिक १७ गते बसेको बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

890246151_1840647937258989_4721587386326345417_n

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
२०८३ कार्तिक २०, शुक्रबार
स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजलाई सभामुख अर्यालको बिदाइ भेट
२०८३ कार्तिक २०, शुक्रबार
शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालयमा पठाउने निर्णय
२०८३ कार्तिक २०, शुक्रबार
आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैनौँ : सीके राउत
२०८३ कार्तिक २०, शुक्रबार
एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित
२०८३ कार्तिक २०, शुक्रबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत
२०८३ कार्तिक २०, शुक्रबार
विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु
२०८३ कार्तिक २०, शुक्रबार