काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन पेस गरेका थिए। उक्त निवेदन शुक्रबार अदालत प्रशासनले दर्ता गरेको हो।
सरकारले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो। तर, कार्कीले आफूलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयपत्र भने हालसम्म नबुझेको जनाइएको छ।
रिट दर्ता भएसँगै अब उक्त मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइको लागी कार्तिक ३० गतेको पेशी तोकेको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै त्यसविरुद्ध न्यायिक उपचारको माग गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया