कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव कानुन मन्त्रालयमा पठाउने निर्णय

कानुन मन्त्रालय पठाइँदै शिक्षा नियमावली संशोधन प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा नियमावलीको एघारौँ संशोधन प्रस्ताव सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ। संशोधन प्रक्रियालाई अघि बढाउने क्रममा मन्त्रालयले शुक्रबार उक्त निर्णय गरेको हो।

यसअघि शिक्षा नियमावली संशोधनको प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको थियो। अर्थ मन्त्रालयबाट आवश्यक प्रक्रिया पूरा भएपछि प्रस्तावलाई कानुन मन्त्रालयमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

शिक्षा नियमावली संशोधनमार्फत शिक्षक, विद्यार्थी तथा समग्र शिक्षा क्षेत्रका सरोकारवालाले लामो समयदेखि उठाउँदै आएका गुनासा र समस्यालाई सम्बोधन गर्ने मन्त्रालयको लक्ष्य रहेको छ।

नियमावली संशोधनका लागि विभिन्न चरणका प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। कानुन मन्त्रालयको सहमतिपछि प्रस्तावले थप प्रक्रिया अघि बढाउनेछ। संशोधनबाट शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान तथा शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया