कार्तिक २२, २०८३ आइतबार November 8, 2026

फस्टायो फूलको व्यापार

प्रत्येक वर्ष बिभिन्न जातमा फूलको माग उच्च छ र तर बजार माग अनुसार उत्पादन पर्याप्त नभएकाले आयातमा निर्भरता बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : तिहार लागेसँगै फूलको व्यापारले बजारमा रौनक छाएको छ । शहरदेखि गाँउसम्म समेत फूलेको किनमेल हुने थालेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारमा फूलको माग र कारोबार राम्रै हुने गरेको छ । घर, पसल, कार्यालय तथा मन्दिर सजावटदेखि लक्ष्मीपूजा, भाइटीकाको लागि फूल र मालाको खरिद गरिन्छ । तिहार फूलको सिजन हुदाँ बारीमा फूलखेती गरेर राम्रो आम्दनीको स्रोत बनिरहेको छ । किसान र रोजगारीमा संलग्न हजारौं व्यक्तिका लागि पूmलखेती व्यवसाय आम्दानीको स्रोत बन्दै गएको छ ।

पछिल्लो समय तिहारमा प्लाष्टिकको माला र भारतबाट सयमत्री फूल आयातमा कडाइ गरेसंगै नेपालमा व्यवसायीक फूलखेती फस्टाएको छ ।

तिहारमा सबै भन्दा धेरै बिक्रि हुने सयपत्री र मलखली फूलको व्यवसायी खेति गर्नेको संख्या बढ्दै जाँदा अन्यखेती छोडेर कृषकहरु फूलखेतीतर्फ आकर्षण भइरहेका छन् ।

नेपालमा करिब ६ हजार ९७ सय ३ प्रजाति बिरुवा फूलफूल्ने बिरुवा रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । जसमध्ये ३ सय २४ प्रजाति दुर्लभ वनस्पति नेपालमै मात्र पाइने गरेको छ । फूल फुल्ने बिरुवाहरुको विविधताका आधारमा एशियामा १०औं र विश्वमै २७ औं स्थानमा नेपाल पर्छ ।

नेपालमा पुष्प व्यवसायको सुरुबाट २०११ सालदेखि सुरु भएको नर्सरी व्यवसायीको भनाइ छ । तर पुष्य व्यवसासको  बिकास र बिस्तार भने २०४९ पछि मात्र भएको देखिन्छ ।

पछिल्लो समय पुष्पको व्यवसायीक बिकास तथा प्रबद्र्धन गर्नका लागि संघिय, प्रदेश, स्थानिय सरकारदेखि पुष्प व्यवसायी निकट संघसस्था लागिरहेका छन् । पूmलको व्यावसायी खेती अहिले सातै प्रदेशका मुख्य शहरदेखि ५४ जिल्लामा हुने गरेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठ बताउँछन् ।

नेपालमा ३ सय २५ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको छ । पुष्प व्यवसायमा १४ सय ४५ भन्दा बढि पुष्प व्यवसायी संम्लग्न गरेको एसोसियसनको तथ्याङ छ । पुष्प व्यवसायमा साढे ११ अर्व भन्दा बढि लगानी रहेको अध्यक्ष श्रेष्ठ बताउछन् । आर्थिक वर्ष बर्ष ०८१/८२ मा ३ अर्व ३७ करोडको बार्षिक कारोबार थियो भने आर्थिक वर्ष २०८२/८३ मा १६.९१ प्रतिशतले बढेर ३ अर्व ९४ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको अनुमान एसोसियसनको छ ।

तिहारमा ४८ करोडको कारोबार 

पुष्प व्यवसाय पछिल्लो केही वर्षदेखि निरन्तर कारोबार बढिरहेको छ । फूलखेती सदाबहार सिजनका रूपमा विस्तार भइरहेको छ । अध्यक्ष श्रेष्ठले केही वर्षअघि तिहारका लागि समेत भारतबाट फूल आयात गर्नुपर्ने अवस्था रहेको तर अहिले तिहारमा स्वदेशी उत्पादनकै फूल र मालाले पुग्ने अवस्था रहेको बताए । ‘तिहारमा करिब ५२ लाख विभिन्न फूलका माला आवश्यक पर्ने अनुमान छ । जसबाट करिब ४८ करोडको कारोबार हुने देखिन्छ,’ उनले भने, ‘तिहारमा सयपत्री फूलका ४५ लाख  र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने अनुमान गरिएको छ ।’

५२ लाख माला बिक्री हुँदा ४८ करोड रुपैयाँबराबरको कारोबार हुने अनुमान छ । सबैभन्दा बढी ४५ लाख सयपत्री मालाको कारोबार हुने अपेक्षा गरिएको छ । औसत थोक मूल्य प्रतिमाला ९० रुपैयाँका दरले ४० करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । त्यस्तै, ६ लाख मखमली मालाको औसत थोक मूल्य ४५ रुपैयाँका दरले २ करोड ७० लाख रुपैयाँको कारोबार हुनेछ । गोदावरी मालाको औसत थोक मूल्य प्रतिमाला १ हजार २०० रुपैयाँ कायम हुँदा २० हजार मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अनुमान छ । विभिन्न फूल मिसाएर बनाइने ६० हजार मिक्स मालाको औसत थोक मूल्य ४०० रुपैयाँका दरले यसको कारोबार पनि २ करोड ४० लाख रुपैयाँबराबरको कारोबार हुने अपेक्षा पुष्प व्यवसायीले गरेका छन् । गत वर्षको तिहारमा व्यावसायिक रूपमा उत्पादित करिब ४० लाख सयपत्री माला खपत भएको थियो । यस वर्ष ४५ लाख माला कारोबार हुने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष बिभिन्न जातमा फूलको माग उच्च छ र तर बजार माग अनुसार उत्पादन पर्याप्त नभएकाले आयातमा निर्भरता बढ्दो छ । तिहारको लागि मखमली र सयपत्रीको मालामा आत्मनिर्भर तर्फ केन्द्रित भएपछि अन्य फूलमा भारतबाट आयात गर्नु पर्ने बाध्यता छ । भन्सार बिभागको तथ्याङ अनुसार आर्थिक बर्ष ०८२/८३ को तथ्याङ अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक आयात २६ करोड १३ लाख ७२ हजार रुपैयाँ बराबर भएको छ । तर आर्थिक बर्ष ०८२/८३ को तथ्याङ अनुसार पुष्प तथा पुष्पजन्य बस्तुको बार्षिक निर्यात मात्र १ करोड १५ लाख ७८ हजार कारोबार भएको छ  । यसले के देखाउछ भने नेपालमा पुष्प व्यवसायको माग र संम्भावना उच्च छ । नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य लाइभ प्लान्ट, अनरुटेट कटिङ एण्ड स्लिप, बिभिन्न पुष्पको बीउ बिजनहरु, फ्रेस कट फ्लावरहरु, बल्ब, टयुबर, टयुबर रुटस् आदि रहेको छ ।  नेपालमा भारत,चीन, नेदरल्याण्ड, जापान जर्मनी, थाइल्याण्ड, इजारायल लगायतका देशबाट फूलहरु आयात हुने गरेको भन्सार बिभागको तथ्याङले देखाउँछ । पछिल्लो चार वर्षमा नेपालमा पनि पुष्प व्यवसायी, उत्पादन क्षेत्र, कारोबार बढ्दै गएको छ । तर अझै पनि गुणस्तरीय बीउ–बिरुवा उत्पादन, अनुसन्धान, बजार व्यवस्थापन तथा निर्यात प्रवद्र्धन मैत्री नीति बन्ने हो भने नेपालमा पुष्प व्यवसाय खेती धेरै सम्भावना भएको क्षेत्र बन्नसक्छ ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया