कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

एनपीएलमा चार खेल खेलेका वार्नरलाई काठमान्डु गोर्खाजको बिदाइ

चार खेल खेलेर एनपीएलबाट स्वदेश फर्किए डेभिड वार्नर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्।

गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीबारे जानकारी दिएका हुन्।

केसीले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन्। उनले काठमान्डु गोर्खाज र नेपालका लागि वार्नरले पुर्‍याएको योगदानको प्रशंसा गर्दै पुनः भेट हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए। उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो।

वार्नरको आगमनले काठमान्डु गोर्खाजको ब्याटिङमा अनुभव थपिएको थियो। चार खेलपछि टोलीबाट बिदा भएका उनले आफ्नो छोटो एनपीएल यात्रामा खेलेका सबै खेलमा टोलीलाई जित दिलाउने संयोग बनाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया