कार्तिक २५, २०८३ बुधबार November 11, 2026

विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने

चीनमा उपाधि जितेको नेपाली यू–१९ महिला टोली भारतसँग शृङ्खला खेल्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ ९क्यान०ले आज आगामी नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृङ्खलाका लागि सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा कप्तान सोनिसहित रचनाकुमारी चौधरी, सरिया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा रहेका छन् ।

नेपाली टोलीले आउँदो वर्ष आयोजना हुने विश्वकपको तयारीका लागि भारत भ्रमण गर्न लागेको हो ।

विश्वकपकै तयारी स्वरूप नेपाली टोलीले हालै चीन भ्रमण पनि गरेको थियो । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया