कार्तिक २९, २०८३ आइतबार November 15, 2026

रास्वपा सभापति लामिछानेद्वारा मधेसका मठमन्दिरमा पूजार्चना

आज अपराह्न गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम सहभागी हुदै सभापति लामिछाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, २९ कात्तिकः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धनुषा र महोत्तरीका विभिन्न धार्मिकस्थलमा पूजार्चना गर्नुभएको छ ।

छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुर आउनुभएका सभापति लामिछानेले आज बिहान जानकी मन्दिरमा पूजाआजा गर्नुभएको हो ।

आजै उहाँले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकास्थित लक्ष्मीनारायण मन्दिर, महोत्तरीको जलेश्वरस्थित जलेश्वरनाथ मन्दिर र मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरमा पनि पूजार्चना गर्नुभएको रास्वपाका जिल्ला नेता अम्बुप्रसाद साहले राससलाई जानकारी दिनुभयो ।

सभापति लामिछाने आज अपराह्न यहाँस्थित गङ्गासागरमा आयोजना हुने छठ कार्यक्रम पनि सहभागी हुनुहुने उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया