कार्तिक २९, २०८३ आइतबार November 15, 2026

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

छठ पर्वका अवसरमा सभामुख अर्यालद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले छठ पर्वले समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

छठ पर्व, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख अर्यालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

तराई–मधेश क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा आराधना गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले सूर्य, पृथ्वी र जलप्रतिको श्रद्धा र भक्तिले नेपालको मौलिक संस्कृति, परम्परा तथा रीतिरिवाजलाई जीवन्तता प्रदान गरेको बताएका छन्। पारिवारिक सुख, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ श्रद्धापूर्वक मनाइने छठले सामाजिक विभेद र असमानता अन्त्य गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

सभामुख अर्यालले यस वर्ष भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पीडा र कठिनाइलाई समेत आत्मसात् गर्नुपर्ने बताएका छन्। उनीहरूको पुनःस्थापना र जनजीवन सामान्य बनाउन राज्यका सबै निकाय तथा समुदायबीच सहयोग, सहकार्य र एकता आवश्यक रहेको उनको भनाइ छ।

नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण गर्दै विविधताबीचको एकतालाई सुदृढ बनाउनु साझा दायित्व भएको उल्लेख गर्दै सभामुख अर्यालले जनताका आवाज र आवश्यकतालाई सम्बोधन गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको बताएका छन्।

उनले छठ पर्वले सबैमा सामाजिक सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै समग्र मानव कल्याण र राष्ट्रिय एकताका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

May be an illustration of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार