कपिलवस्तु, मङ्सिर १ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका वडाध्यक्ष रामरुप बढईको निधन भएको छ । महाराजगन्ज नगरपालिका–७ का वडाध्यक्ष बढईको मुटुसम्बन्धी रोगबाट ग्रसित भई उपचारका क्रममा सोमबार राति निधन भएको हो ।
केही महिनाअघि मुटुको शल्यक्रियासमेत गराउनुभएका बढईको भारतको लखनउस्थित पीजीआई अस्पतालमा उपचार भइरहेको थियो । बढई जनता प्रगतिशील पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
यसैबिच वडाध्यक्ष बढईको निधनप्रति दुःख व्यक्त गर्दै महाराजगन्ज नगरपालिकाले मङ्गलवार एक दिनका लागि शोक बिदा दिने निर्णय गरेको जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया