मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनी सम्मानित

विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा हिमालयन डिष्टिलरी लिमिटेड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  १ मङ्सिरः सरकारले आर्थिक वर्ष २०८१÷८२ मा धेरै कर तिर्ने कम्पनी तथा व्यक्तिगत कर  दातालाई  सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले आज राष्ट्रिय कर दिवसको अवसरमा १९ व्यक्ति तथा कम्पनीलाई सम्मान गरेको हो । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सम्मानित हुनेलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ ।

वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिस प्रालि सम्मानित भएको छ ।

त्यसैगरी कृषि एवं पशुपक्षीजन्यमा  ओसिबी एण्ड फुड्स फिड्स प्रालि रहेका छन् । यस्तै  बैङ्किङ्ग क्षेत्रमा कारोबार गर्नेमा नबिल बैंक, स्वास्थ्य तथा शैक्षिकतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल,  पर्यटन व्यवसायतर्फ  सोल्टी होटल, वस्तु व्यापारको कारोबारमा सिजी इम्पेक्स प्रालि रहेको छ ।

यस्तै ५० करोडभन्दा बढी १०० करोडसम्म कारोबार गर्नेमा फुड एण्ड विभरेज टेक्नोलोजी रहेको छ ।

ऊर्जा  उधोगतर्फ भोटेको हाईड्रोपावर, रेमिटेन्स तथा मनी ट्रान्सफर तर्फ आईएमई लिमिटेड रहेको छ । यस्तै व्यक्तिगत आयमा सबैभन्दा धेरै कर तिर्नेमा राजबहादुर शाह रहनुभएको छ ।

विसं २०७७ देखि २०८३ सम्म बढी मूल्य अभिवृद्धि कर तिर्नेमा   हिमालयन डिष्टिलरी लिमिटेड रहेको छ । रु ५० करोडसम्म वार्षिक कारोबार गर्ने  करदातामा इम्पेरियल सेक्युरिटिज, विशेष  उद्योगहरूमध्ये वरुण विभरेज, जीवन बीमा क्षेत्रमा संस्थामा लाइफ इन्स्योरेन्स कर्पोरेशन, निर्जीवनमा सिद्धार्थ प्रिमियर र  लघुवित्त क्षेत्रमा छिमेक लघुवित्त रहेको छ ।

सोही अवसरमा मुलुकको राजस्वमा उच्च योगदान दिने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरलाई विशेष सम्मान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया