मंग्सिर २, २०८३ बुधबार November 18, 2026

काठमाण्डौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभाकी पूर्व सदस्य सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेपछि सक्रिय राजनीतिमा खासै नदेखिएकी श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।

उनले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।”

श्रेष्ठ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित भएकी थिइन्। उनी पछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत बनेकी थिइन्। रास्वपामा सहमहामन्त्रीको जिम्मेवारी सम्हालेकी उनले पछि पार्टी परित्याग गरेकी थिइन्।

रास्वपा छाडेपछि दलविहीन रहेकी श्रेष्ठले कुन राजनीतिक दलबाट वा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लड्ने भन्नेबारे भने खुलाएकी छैनन्। उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयर पदको प्रतिस्पर्धाबारे राजनीतिक वृत्तमा चासो बढेको छ।

श्रेष्ठ २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी थिइन्। संसद्मा रहँदा उनले संसदीय क्यालेन्डर निर्माणको विषय उठाउनुका साथै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार