मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान

एसिया–प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा नेपालका दुवै टोली भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पाँचौं एसिया-प्यासिफिक डेफ फुटबल च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपाली टोली बुधबार दक्षिण कोरियाको छाङवन प्रस्थान गरेको छ । नोभेम्बर २० देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका पुरुष तथा महिला दुवै टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष टोलीमा सञ्जित श्रेष्ठ, रोहन खड्का, निर्मल बोहरा, महेन्द्र लिम्बू फुडोङ, चेतन गुरुङ, सूर्यबहादुर गुरुङ, दीपक कटुवाल, ईश्वर गिरी, राजीव चौलागाईं, निशान बराल, पासाङ शेर्पा, बलबहादुर सुनुवार, डाककुमार मगर, धनजित मगर, विशाल लामा, रमेशबहादुर भ्लोन, सनोज महर्जन र सूर्यकृष्ण चौलागाईं हुनुहुन्छ । पुरुष टोलीको प्रशिक्षकमा जयकृष्ण श्रेष्ठ, सहायक प्रशिक्षकमा अनिलबहादुर गुरुङ, व्यवस्थापकमा रोहित शर्मा तथा अफिसियलमा कुलप्रसाद भट्टराई रहनुभएको छ ।

त्यस्तै, महिला टोलीमा प्रेरणा विक, दिव्या लौडारी, लिजा बुढा क्षेत्री, सलमा खातुन, निमा वाङ्मो लामा, दावा शेर्पा, फुडोमा शेर्पा, रिया न्यौपाने, मञ्जिता कुसुले, अनिता कुँवर, मल्लिका थापा, आयुष्मा कार्की, शशि राई, जमुना आचार्य र वर्षा गुरुङ हुनुहुन्छ । महिला टोलीको प्रशिक्षकमा अनु लामा र ट्रेनरमा नवराज श्रेष्ठ रहनुभएको छ ।

प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य ललिता नाथ र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले मंगलबार आयोजित एक कार्यक्रमबीच बिदाइ गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार