मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

गोवामा डिसेम्बर १६ मा आइपिएल २०२७ को मेगा खेलाडी अक्सन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२७ को खेलाडी अक्सन आगामी डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ । आइपिएलले बुधबार अक्सनको मिति र स्थान सार्वजनिक गरेको हो । यसअघि मंगलबार प्रतियोगितामा सहभागी सबै फ्रेन्चाइज टोलीले रिटेन र रिलिज गरेका खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।

तीन वर्षपछि आइपिएलको खेलाडी अक्सन भारतमा हुन लागेको हो । यसअघि पछिल्ला तीन संस्करणका अक्सन क्रमशः दुबई, जेद्दाह र अबुधाबीमा आयोजना भएका थिए । यसपटक फ्रेन्चाइज टोलीहरूको आग्रहपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले अक्सन भारतमै आयोजना गर्ने निर्णय गरेको हो ।

आइपिएल २०२७ को नयाँ सिजन आगामी मार्चको अन्त्यतिर सुरु हुने अपेक्षा गरिएको छ । अक्सनबाट टोलीहरूले आगामी सिजनका लागि आवश्यक खेलाडी छनोट गरी आफ्नो टोलीलाई अन्तिम रूप दिनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार