मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न आपसी संवाद अघि बढाउने सहमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन, ३ मङ्सिर । चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गर्नुभएको छ । ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन ।

संयुक्त वक्तव्यमा तीनै देशका नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन विचारविमर्श गर्दै रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ ।

तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना बनाएको र ऊर्जाको स्थिर प्रवाहको महत्त्वलाई पुनः पुष्टि गरेको वक्तव्यमा जनाइएको छ । त्यसैगरी आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न आपसी संवाद अघि बढाउने सहमति भएको छ ।

वक्तव्यमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । राष्ट्रको सहमति र सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा पनि नेताहरूले जोड दिएका छन् । तीनै देशले संयुक्त राष्ट्रसङ्घको सुधार प्रक्रियालाई अघि बढाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले सम्मेलनलाई सकारात्मक, रचनात्मक र उपलब्धिमूलक बताउनुभएको हो ।‘विश्व शान्तिको संरक्षण गर्ने विषयमा तीनै देशको साझा दृष्टिकोण रहेको छ,’ सीले भन्नुभयो । सम्मेलन सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प सेन्जेनबाट प्रस्थान गर्नुभएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार
राअविका प्रमुख अनुसन्धान अधिकृत चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
२०८३ मंग्सिर ३, बिहिबार
एमाले राष्ट्रिय भेलाबाट २१ बुँदे विशेष प्रस्ताव र संकल्प पारित
२०८३ मंग्सिर ३, बिहिबार