मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताउनुभएको छ । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णयको प्रतीक्षा भइरहेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले वरिष्ठ मन्त्री तथा सुरक्षा अधिकारीहरूसँगको छलफलमा इरानविरुद्ध केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहनुभएको छ । तर, अमेरिकी अधिकारीहरूले नयाँ सैन्य द्वन्द्वका लागि उहाँले गरिरहेको पहलप्रति शङ्का व्यक्त गरेका छन् । आगामी अक्टोबर २७ को निर्वाचनमा संसद् नेसेटमा बहुमत गुमाएपछि आफ्नो राजनीतिक पद जोगाउने उद्देश्यले नेतान्याहुले यस्तो पहल गरेको हुन सक्ने अमेरिकी पक्षको आशङ्का छ ।

यसैबीच, चीनमा अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको छलफलमा आणविक हतियारको प्रसार नियन्त्रण र क्षेत्रीय द्वन्द्व प्रमुख विषय बनेका छन् । ट्रम्पले तीनै आणविक शक्तिराष्ट्रले हतियारको सङ्ख्या घटाउने र आणविक जोखिम कम गर्ने विषयमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले इरानलाई आणविक हतियार विकास गर्न नदिने अमेरिकी प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो ।

यता, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले वासिङ्टनले सन् २००३ मा इराकमाथि आक्रमण गर्नुअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्‍याएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत उहाँले इरानको आणविक कार्यक्रमसम्बन्धी आरोपपछि अहिले जैविक तथा रासायनिक हतियारको विषय उठाइएको भन्दै अमेरिकी दाबीप्रति आपत्ति जनाउनुभएको छ । उहाँले इराक युद्धअघि सामूहिक विनाशका हतियार रहेको दाबी गरिए पनि त्यसको पुष्टि हुन नसकेको प्रसङ्ग स्मरण गराउँदै अहिलेका आरोपप्रति अन्तर्राष्ट्रिय समुदाय सचेत हुनुपर्ने बताउनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार