मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आनी छोइङ डोल्माले सम्हालिन लुम्बिनी विकास कोषको हालिमुहाली

नियुक्ति भएको एक महिनापछि उपाध्यक्ष आनीले खाइन् शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छाेइङ डाेल्माले पद सम्हालेकी छन्। नियुक्ति भएको एक महिनापछि उपाध्यक्ष आनीले बुधबार पदग्रहण गरेकी हुन्। उनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा पनि गरिन्।

सरकारले गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकबाट भिक्षुणी तथा प्रसिद्ध गायिका डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ अनुसार उनको कार्यकाल ५ वर्षको हुनेछ।

उनको नियुक्तिलाई लिएर लुम्बिनी बचाउन अभियानले विरोध गर्दै आएको थियो। नागरिकता र सम्पत्तिसम्बन्धी विषय उठाउँदै नियुक्ति खारेजीको माग गर्दै अभियानले निरन्तर प्रदर्शन गर्दै आएको छ।

तर विरोधकै बीच उनले पदग्रहण गरेकी हुन्। यसअघि उनले आफू सत्कर्ममा विश्वास गर्ने र टाउकोले टेकेर जिम्मेवारी पूरा गर्ने बताएकी थिइन्। सम्पत्ति शुद्धीकरणको विषय सन् २०१८ मै क्लियर भएको उनको दाबी छ।

कोषाध्यक्षमा नियुक्त भएका रमेश शेखर बज्राचार्य पूर्व एआईजी हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार
भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका कैदी पक्राउ
२०८३ मंग्सिर ५, शनिबार
एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो : खेलकुदमन्त्री पोखरेल
२०८३ मंग्सिर ५, शनिबार