मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल

राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ख्वप (भक्तपुर)। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो युगअनुरुप आगामी चुनावको प्रचारप्रसारमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा दिइनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

मध्यपुर थिमीस्थित मध्यपुरथिमीमा नेपाली कम्युनिष्ट पार्टी भक्तपुरद्वारा आज यहाँ आयोजित ‘राष्ट्रिय जागरण अभियान’ कार्यक्रममा उहाँले युगको माग र सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनलाई आत्मसात् गर्न नसकिए पछि पर्न सकिनेतर्फ समयमै होसियारी अपनाउन सुझाव दिनुभयो ।

संयोजक प्रचण्डले भन्नुभयो, “अहिले आइटीको जमाना छ, यसलाई प्रयोग गर्नुपर्छ । प्रयोग गर्न जानेन भने चुनाव जित्न सकिँदैन । पहिलाजस्तो भाषण र सभामा मात्रै सीमित हुनुहुँदैन ।”

पूर्वप्रधानमन्त्री दाहालले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको चुनाव भइसक्नुपर्ने भएकाले राजनीतिक दलसँगको छलफल र परामर्शका आधारमा उपयुक्त समयमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सोही पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी नेता र कार्यकर्तालाई स्थानीय तहको आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गर्नुभयो ।

पार्टीका कार्यक्रमलाई विगतझैँ भद्दा र लामो नबनाइ चुस्त र विषयवस्तु केन्द्रित तुल्याउन सुझाव दिँदै उहाँले पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक स्पष्टताका लागि देशभर प्रशिक्षण तथा तालिम सञ्चालन गर्न लागिएको स्पष्ट गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार