मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल

भ्रष्टाचार र अनियमितताको अन्त्य तथा सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ६ मङ्सिर : सभामुख डोलप्रसाद अर्यालले जनताको अपेक्षा र विश्वासलाई आत्मसात गर्दै राजनीतिक नेतृत्वले इमानदारिता, प्रतिबद्धता र जवाफदेहिताका साथ कार्यसम्पादन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

बाह्रखरी कथा लेखन प्रतियोगिताका विजेता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार र अनियमितताको अन्त्य तथा सुशासन स्थापित गर्नु आजको प्रमुख आवश्यकता भएको बताउनुभयो ।

“हामीसँग साधन र स्रोत सीमित छन् । जनताका सबै अपेक्षा तत्काल पूरा गर्न सम्भव नहुन सक्छ । तर उपलब्ध स्रोतको पारदर्शी, प्रभावकारी र इमानदार परिचालन गर्न सकियो भने विकास र समृद्धिको यात्रालाई गति दिन सकिन्छ”, सभामुख अर्यालले भन्नुभयो ।

साहित्यकारले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्नेमा उहाँको जोड थियो ।
सभामुख अर्यालले समाजका वास्तविक समस्या र नागरिकका भावनालाई साहित्यले जीवन्त रूपमा प्रस्तुत गर्ने भएकाले जनप्रतिनिधि तथा नीति निर्माताले पनि साहित्यको अध्ययन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समाजले भोगेका दु:ख, सुख, सङ्घर्ष, अभाव, विकृति, विसङ्गति र परिवर्तनका आकांक्षालाई बुझ्ने सबैभन्दा सशक्त माध्यम साहित्य हो । कुनै सहरलाई माथिबाट हेर्दा त्यसको समग्र स्वरूप देखिएझै साहित्यको अध्ययनबाट समाजको वास्तविक अवस्था र चरित्र बुझ्न सकिन्छ ।”

‘डिगो १२खरी कथा प्रतियोगिता, २०८३’ मा चेतनाथ आचार्यद्वारा लिखित ‘भोटेकोशीको सुसाहट’ शीर्षकको कथा प्रथम भएको छ । कार्यक्रममा सभामुख अर्यालले प्रथम स्थान हासिल गरेका आचार्यलाई रु दुई लाख पुरस्कार प्रदान गर्नुभयो ।

यस्तै मधुर भट्टराईद्वारा लिखित ‘सपनाको अर्को रङ्ग’ शीर्षकको कथा द्वितीय र सरस्वती सरसद्वारा लिखित ‘अस्तित्वको अल्गोरिदम’ शीर्षकको कथा तृतीय भएको छ । प्रतियोगितामा दोस्रो हुनेलाई रु एक लाख र तृतीय हुनेलाई रु ६० हजार पुरस्कार प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
सातौँ सुदूरपश्चिम खप्तड गोल्डकप पुस २१ देखि
२०८३ मंग्सिर ६, आइतबार