मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता

बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने आशङ्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, ६ मङ्सिर : अमेरिकाको सेयर बजार गत महिना कायम गरेको उच्चतम बिन्दुबाट १० प्रतिशतले घटेको छ । कृत्रिम बौद्धिकता (एआई) उद्योगले सामना गरिरहेका चुनौती र त्यसको भविष्यबारे लगानीकर्ताको चिन्ता बढ्दै गएपछि बजारमा गिरावट आएको हो ।

अमेरिकाको प्रमुख सेयर बजार सूचकाङ्क एस एन्ड पी ५०० मा आएको यो गिरावटलाई वाल स्ट्रिटको भाषामा ‘करेक्शन’ अर्थात् बजार सुधार भनिन्छ । यस्तो गिरावट एक शताब्दीभन्दा लामो समयदेखि समय–समयमा देखिँदै आएको छ ।

बजार विश्लेषकहरूका अनुसार सेयरको मूल्य अत्यधिक बढेर वास्तविक आर्थिक अवस्थाभन्दा माथि पुगेको अवस्थामा हुने यस्तो गिरावटले बजारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छ । लगानीकर्तामा अत्यधिक उत्साहका कारण सेयरको मूल्य अस्वाभाविक रूपमा बढेमा बजार सुधारले त्यसलाई यथार्थपरक स्तरमा ल्याउन भूमिका खेल्न सक्छ ।

तर बजारमा आएको यस्तो गिरावटले तत्काल लगानीकर्तामा चिन्ता र अनिश्चितता बढाउने गरेको छ । विशेषगरी बजार सुधारपछि थप ठूलो गिरावट आउने अर्थात् ‘बियर मार्केट’ सुरु हुने हो कि भन्ने आशङ्का लगानीकर्तामा रहने गर्छ ।

वाल स्ट्रिटको परिभाषाअनुसार कुनै सेयर बजार सूचकाङ्क आफ्नो हालसम्मको उच्चतम बिन्दुबाट कम्तीमा २० प्रतिशतले घटेमा त्यसलाई ‘बियर मार्केट’ भनिन्छ । यस्तो अवस्थालाई बजारमा गहिरो गिरावट वा मन्दीको सङ्केतका रूपमा लिइन्छ ।

पछिल्लो गिरावटले एआई उद्योगको तीव्र विस्तार, यस क्षेत्रमा देखिएका चुनौती तथा प्रविधि कम्पनीहरूको भविष्यप्रति लगानीकर्ताको विश्वासबारे बहस बढाएको छ ।

यद्यपि, १० प्रतिशतको गिरावट आफैँमा बजार मन्दी सुरु भएको प्रमाण भने होइन । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्याश हुँदै
२०८३ मंग्सिर ६, आइतबार
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकी सेयर बजारमा १० प्रतिशत गिरावट, लगानीकर्तामा अनिश्चितता
२०८३ मंग्सिर ६, आइतबार
साहित्यकारले विकृतिमाथि प्रश्न उठाउँदै सकारात्मक प्रयासलाई प्रोत्साहन गर्नुपर्छ : सभामुख अर्याल
२०८३ मंग्सिर ६, आइतबार
पर्सामा आर्थिक अपराधका घटना सबैभन्दा बढी, एक महिनामा ४९ मुद्दा दर्ता
२०८३ मंग्सिर ६, आइतबार
सन्दीपको घातक बलिङ र कुशलको अर्धशतक, यूएईमाथि नेपालको ६ विकेटको शानदार जित
२०८३ मंग्सिर ६, आइतबार
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार