मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

त्रिविको एआई परीक्षणसम्बन्धी व्यवस्था सर्वोच्चमा, रिट दर्ता गर्न आदेश

विद्यार्थीको हकहितमा असर पर्न सक्ने भन्दै त्रिविको एआई परीक्षणविरुद्ध रिट दर्ता गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको एआई परीक्षणसम्बन्धी व्यवस्थाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सर्वोच्च अदालत प्रशासनले यसअघि गरेको दरपिठ निर्णय बदर गर्दै रिट दर्ताको बाटो खुला गरेको हो ।

विश्वविद्यालयले विद्यार्थीका शोधपत्र, प्रतिवेदनलगायत शैक्षिक सामग्रीमा एआई परीक्षण गर्ने सफ्टवेयर प्रयोग गर्दा त्यसको कानुनी आधार, विश्वसनीयता र विद्यार्थीमा परेको असरबारे प्रश्न उठाउँदै कानुनका विद्यार्थीहरूले रिट दिएका थिए ।

रोशन आउजी, विवेक चौधरीलगायतले विश्वविद्यालयले आफ्नै मापदण्ड बनाएर एआई परीक्षणसम्बन्धी व्यवस्था लागू गर्दा विद्यार्थी प्रभावित भएको दाबी गरेका छन् ।

यसअघि अदालत प्रशासनले निवेदनको विषयवस्तु स्पष्ट नभएको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो । तर, बौद्धिक चोरी नियन्त्रणसम्बन्धी विषयले विद्यार्थीको हकहितमा असर पार्न सक्ने भन्दै सर्वोच्चले न्यायिक निरूपणका लागि रिट दर्ता गर्न आदेश दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया