मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

विजय बराल र अञ्जना बराइली अभिनीत ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक

‘सिन्दुरे जात्रा’को टिजरमा विजय–अञ्जनाको प्रेममा विनोदको प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले यसअघि ‘बाँसैको सुप्लाखे’ गीत सार्वजनिक गरेको थियो भने बिहीबार चलचित्रको टिजर दर्शकमाझ ल्याएको हो ।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । मौलिक नेपाली संस्कृति र गाउँले परिवेशबाट सुरु हुने टिजरमा प्रेम, विवाह, खुसी, धोका र वियोगका दृश्य समेटिएका छन् ।

सुरुवातमा विजय र अञ्जनाबीचको प्रेम र वैवाहिक जीवनको खुसी देखाइएको छ । त्यसपछि विनोद न्यौपानेको प्रवेशसँगै कथाले नयाँ मोड लिन्छ । उनको आगमनपछि विजयको वियोग र अञ्जनाले भोग्नुपरेको धोका तथा पीडालाई टिजरमा प्रस्तुत गरिएको छ ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल र अञ्जना बराइलीले दोस्रोपटक सँगै काम गरेका हुन् । यसअघि उनीहरूले सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा सहकार्य गरेका थिए ।

चलचित्रमा विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटालगायत कलाकारको अभिनय रहेको छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको पटकथा तथा संवाद रहेको चलचित्रको कथा निर्देशक पौडेल स्वयंले लेखेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् भने प्रशान्त सिवाकोटीले संगीत दिएका छन् । चलचित्र आगामी मंसिर १८ गते प्रदर्शनमा आउनेछ । यसको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएको २ किलो ३४८ ग्राम पदार्थसहित दुई चिनियाँ महिला पक्राउ
२०८३ मंग्सिर ९, बुधबार
‘लैङ्गिक हिंसामा शून्य सहनशीलता अपनाऔँ, पीडितलाई न्याय सुनिश्चित गरौँ’ : प्रधानमन्त्री शाह
२०८३ मंग्सिर ९, बुधबार
खसीको हड्डीको सुप यस्ता स्वास्थ्य समस्या भएकाले खानु हुन्न, जान्नुहाेस्
२०८३ मंग्सिर ९, बुधबार
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
२०८३ मंग्सिर ९, बुधबार
आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर ९, बुधबार
डिजिटल बैंकिङमा नेपालीको पहुँच विस्तार, एक वर्षमै २३ लाखभन्दा बढी प्रयोगकर्ता थपिए
२०८३ मंग्सिर ९, बुधबार
‘अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता हो’
२०८३ मंग्सिर ९, बुधबार