मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

भेरी अस्पतालमा न्यूरो र प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालन

सेवाका लागि न्यूरो सर्जन डा. आलोकचन्द्र ठाकुर र प्लास्टिक सर्जन डा. नोबेल पोखरेल उपलब्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा पुनः सञ्चालनमा आएको छ।

अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यसहित दुवै सेवा पुनः सुरु गरेको हो। सेवा सञ्चालनमा आएसँगै बाँकेसहित आसपासका जिल्लाका बिरामीले न्यूरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ उपचार आफ्नै क्षेत्रमा प्राप्त गर्न सक्ने भएका छन्।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार न्यूरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा प्रत्येक साताको मंगलबार र बिहीबार उपलब्ध हुनेछ। उक्त सेवा अस्पतालको ६ नम्बर ओपीडीबाट प्रदान गरिनेछ।

सेवाका लागि न्यूरो सर्जन डा. आलोकचन्द्र ठाकुर र प्लास्टिक सर्जन डा. नोबेल पोखरेल उपलब्ध हुनेछन्।

अस्पतालमा यसअघि नै सिटी स्क्यान र एमआरआई सेवा सञ्चालनमा रहेकाले नयाँ विशेषज्ञ सेवा थपिएपछि जटिल रोगको पहिचान र उपचारमा थप सहजता हुने अपेक्षा गरिएको छ।

अस्पताल विकास समिति सदस्य डा. डक्टप्रसाद धिताल, मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नाललगायत चिकित्सक तथा स्वास्थ्यकर्मीले संयुक्त रूपमा सेवाको शुभारम्भ गरेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया