मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने

बालबालिकाको सर्वाेत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ मङ्सिर: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख््यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले अभिभावकको संरक्षणबाट वञ्चित बालबालिकाको हेरचाहमा संस्थागत व्यवस्थाभन्दा परिवारमा आधारित वैकल्पिक हेरचाह प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय र संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) को आयोजनामा आज ललितपुरमा आयोजित बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी क्रियाकलापको अन्तरराष्ट्रिय वर्गीकरण (आइकेयर) सम्बन्धी राष्ट्रिय अन्तरक्रियामा उहाँले बालबालिकाको सर्वाेत्तम हित, भावनात्मक सुरक्षा र सर्वाङ्गीण विकासका लागि पारिवारिक वातावरण अपरिहार्य रहेको बताउनुभयो ।

“संस्थागत हेरचाहलाई अन्तिम विकल्पका रूपमा सीमित गर्दै पारिवारिक पुनर्मिलन, नातेदारको हेरचाह र संरक्षित परिवारजस्ता परिवारमा आधारित वैकल्पिक हेरचाहलाई प्रवद्र्धन गर्नु नै बालबालिकाको सर्वोत्तम हित सुनिश्चित गर्ने दिगो र मानवीय मार्ग हो ।” उहाँले भन्नुभयो ।

मन्त्री वादीले बालबालिकासम्बन्धी सूचना व्यवस्थापन प्रणाली र सामाजिक सूचना व्यवस्थापन प्रणालीलाई स्थानीयकरण गरी प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्ने काम मन्त्रालयले अघि बढाएको जानकारी दिनुभयो। स्थानीय तहबाटै बालबालिकाको नियमित र यथार्थ तथ्याङ्क सङ्कलन हुन सके राष्ट्रियस्तरमा उनीहरूको अवस्थाको स्पष्ट चित्र प्राप्त हुने उहाँको भनाइ थियो ।

आइकेयर वर्गीकरण प्रणालीले औपचारिक बालगृहदेखि नातेदारको हेरचाह, अनौपचारिक संरक्षण तथा अन्य वैकल्पिक हेरचाहका स्वरूपलाई अन्तरराष्ट्रिय मापदण्डअनुसार परिभाषित र वर्गीकरण गर्ने भएकाले नेपालको सन्दर्भअनुकूल सूचक निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
२०८३ मंग्सिर ९, बुधबार
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
युक्रेनसँगको युद्धमा पाँच लाख रुसी सेना मारिए
२०८३ मंग्सिर ९, बुधबार
सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु
२०८३ मंग्सिर ९, बुधबार
अभिभावकविहीन बालबालिकाको हेरचाहमा पारिवारिक प्रणालीलाई प्राथमिकता दिनुपर्ने
२०८३ मंग्सिर ९, बुधबार
चीनद्वारा पाकिस्तानी अन्तरिक्ष यात्रीसहित अन्तरिक्षयान प्रक्षेपण
२०८३ मंग्सिर ९, बुधबार
त्रिवि सम्बन्धनका कलेजले अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाउने
२०८३ मंग्सिर ९, बुधबार