काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रोहितकुमार पौडेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले आफ्नो लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै सिम्रन खड्कासँग लगनगाँठो कसेका हुन्।
रोहित र सिम्रनले थाइल्यान्डमा विवाह समारोह आयोजना गरेका हुन्। उनीहरूको विवाहमा नेपाली क्रिकेट क्षेत्रका चर्चित खेलाडीहरूको समेत उपस्थिति रहेको थियो।
विवाह समारोहमा सन्दीप लामिछाने, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप जोरालगायतका क्रिकेटर सहभागी भएका थिए। क्रिकेट मैदानमा सँगै देखिने खेलाडीहरू रोहितको जीवनको विशेष अवसरमा पनि साथ दिन पुगेका हुन्।
रोहितले विवाहका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उनलाई क्रिकेटप्रेमी, शुभचिन्तक तथा प्रशंसकहरूले बधाई र सुखद दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन्।
क्रिकेटमा आफ्नो खेल कौशल र नेतृत्व क्षमताबाट परिचित रोहितको नयाँ जीवन यात्रालाई उनका समर्थकहरूले पनि खुसीका साथ लिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया